कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त’



काठमाडौं । कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए राष्ट्रिय अर्थतन्त्रलाई नै नकारात्मक असर पार्ने सरोकारवालाहरूको दाबी छ । देशको अर्थतन्त्र भरथेग गर्दैै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने अन्ततः त्यस्ता उद्योग एवम् व्यवसाय धरासयी हुने उल्लेख गर्दै डेरी एसोसिएसनले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन सरकारसँग मागसमेत गरेको छ ।

माहुरीपालनमा चार अर्ब, माछापालनाम ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, पोल्ट्रीमा १ खर्ब २५ अर्ब, केराखेतीमा ३ अर्ब लगानी भएको तथा ३५ लाखभन्दा बढी किसान तथा श्रमिक कृषि क्षेत्रमा आश्रित भएकाले सरकारको सो निर्णय अनुपयुक्त रहेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्