ओली र प्रचण्ड मिलेर चुनावमा जाने ओली पक्षका नेता महासेठको दाबी



न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले ओली र प्रचण्ड मिलेर चुनावमा जाने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर चुनावमा जाने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो , ‘ उहाँहरु मिलेर नै चुनावमा जानुहुन्छ, नमिली सुखै छैन , पार्टी फुट्दैन् ।

वामदेव गौतमको एकता प्रस्ताव सकारात्मक रहेको बताउँदै नेता महासेठले प्रस्तावले पार्टी एकता हुने सम्भावना नरहेको र उहाँले पनि प्रधानमन्त्री ओलीलाई नैं साथ दिने बताउनु भयो । उहाँले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने बताउँदै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गर्नु भएको छ । उहाँले भन्नुभयो ,चुनाव शत प्रतिशत हुन्छ , चुनावका लागि सरकार तयारीमा जुटिसक्यो । ’सरकार पक्षले अदालतको निर्णय मान्ने बताउँदै नेता महासेठले संवैधानिक इजलासको निर्णय पर्खेर बसेको प्रष्ट पार्नु भयो । संसद पूनःस्थापना भएपनि प्रधानमन्त्री ओली नै प्रधानमन्त्री बन्ने उहाँको दावी रहेको छ । महासेठले निर्वाचन आयोगले जे निर्णय गरेपनि आफूहरुले मान्ने दाबी गर्नु भयो ।

सरकारले धेरै राम्रा काम गर्दागर्दै पनि पार्टी भित्रैबाट सहयोग प्राप्त नभएको र कांग्रेसले पनि प्रतिपक्षको भूमिका खेल्न नसकेको नेता महासेठको तर्क रहेको छ । नेता महासेठले आगामी शुक्रबार काठमाडौंमा हुने आमसभामा प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने प्रचारमा सत्यता नभएको जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्