काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ८५९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३० पुगेको छ ।











प्रतिक्रिया