बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्काे बैठक स्थगित



न्युज अफ नेपाल , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बुधबार साँझ पाँच बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेपछि परिषद् बैठक पहिलो पटक बोलाउनुभएकाे थियाे  । बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध विषय उल्लेख गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्