कर्णालीमा दोहोरोपना हटाउन विकास साझेदारसंग छलफल



दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगले एकद्धार प्रणालीद्धारा कार्यक्रम संचालन र कार्यान्वयन गर्न विकास साझेदारहरुसंग अन्तरक्रिया गरेको छ ।
सोमवार सुर्खेतको वीरेन्द्रनगरमा आयोगले कर्णाली प्रदेशमा कार्यरत विकास साझेदारहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरि दोहोरोपना हटाउन विकास साझेदारसंग एकद्धवार प्रणालीमा लगानी गर्न छलफल गरिएको हो ।

कर्णाली प्रदेशलाई कार्यक्षेत्र वनाइ कार्यक्रम संचालन गरि रहेका साझेदारहरुको कार्यक्रम र कार्यान्वयन अवस्थाका वारेमा जानकारी आदान प्रदान गर्ने , विकास साझेदारहरुका कार्यक्रमहरुलाई सरकारका योजना तथा कार्यक्रममा मुलप्रवाहिकरण गर्ने र कार्यक्रम कार्यान्वयनमा रहेको दोहोरोपना,समन्वय र प्रतिवेदनको अवस्थावारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले जानकारी दिनुभयो । कार्यक्रममा विकास साझेदार सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कर्णाली प्रदेशमा कार्यरत सरोकारवालाहरुको कार्यक्रम कार्यान्वयनको अवस्था वारेमा जानकारी प्रस्तुत गरेका थिए ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्वराज खड्काले कर्णालीको आवश्यकता महत्वसंग जोडिएका योजना तथा कार्यक्रम ल्याउन विकास साझेदार सस्थाहरुलाई आग्रह गर्नुभयो । समाजमा रहेका असमान्ताहरु, विभेद,कुसस्कारलाई सुधार गर्न योजना तथा कार्यक्रम वैज्ञानिक हुनुपर्ने भन्दै खड्काले दोहोरोपना नहुने गरि सबै विकास साझेदारहरुले योजना तथा कार्यक्रम निमार्ण तथा कार्यान्वयन गर्नुपर्ने वताउनुभयो ।

कर्णालीको पहिचान र परिचालनमा छुटेका अरु विकास साझेदारको खोजी गरि कर्णालीमा लगानीको आकर्षण वढाउन विकास साझेदारहरुको भुमिका महत्वपुर्ण हुन कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले वताउनुभयोे । कर्णाली प्रदेश योजना आयोगले तयार गरेको परियोजना बैंकमा विकास साझेदारहरुले अध्ययन गरेका परियोजना समावेश गर्नका लागी सहयोगको अपेक्षा गरिएको रोकायाले वताउनुभयो । कर्णालीको आवश्यकता र प्राथमिकतामा रहेर योजना तथा कार्यक्रम निर्माण गर्न विकास साझेदारको भुमिका महत्वपुर्ण हुने भएकोले कर्णाली प्रदेशको लगानी सम्मेलनमा लगानी आकर्षित गर्नको लागी सहयोग गर्न डाक्टर रोकायाले आग्रह गर्नुभयो ।

कर्णालीको लगानी सम्मेलनमा सामाजिक क्षेत्रमा गरिने लगानीका लागी विकास साझेदारहरुवाट सहयोग आवश्यक भएको कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रवहादुर शाहीले वताउनुभयो । नमुना परियोजना साझेदार गरी कर्णालीको काम गरेर अगाडी वढेमा प्रभावकारी हुने शाहीको भनाई छ ।

कर्णालीको विकास र समृद्धीको लागी निर्माण भएको पञ्चवर्षिय योजनामा प्राथमिकता परेका योजनाहरुको अपनत्व विकास साझेदारहरुले लिनुपर्ने आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका सचिव घनश्याम उपाध्यायले वताउनुभयो ।

कार्यक्रममा सहभागी विकास साझेदार सस्थाका प्रतिनिधिहरुले आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपतामा जाने प्रतिवद्धता ब्यक्त गरेका छन । छलफलमा भाग लिदै किसान २ परियोजनाका कलष्टर म्यानेजर नवराज आर्चायले कर्णाली प्रदेशमा विकास साझेदारहरुले आफनो लगानी गर्दा दोहोरोपन नहुने तथा प्रदेश सरकारले तयार गरेको मोडेलमा आगामी योजना निर्माण तथा कार्यान्वयनमा एकरुपता हुने गरि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कर्णाली प्रदेशमा रहेका विकास साझेदारहरुको परियोजना र लगानीको अवस्था वारे कर्णालीमा विकास साझेदार नामक प्रोफाइल प्रकाशन पनि गरिने कर्णाली प्रदेश योजना आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्