एकैदिन समातिए ६ फरार प्रतिवादी



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर प्रहरी फरार प्रतिवादीविरुद्ध आक्रामक देखिएको छ । जिल्ला प्रहरीका नयाँ प्रमुख उपरीक्षकमा सोमेन्द्रसिं राठौर आएपछि यो क्रम अझै बढेको हो । फरार ६ जनालाई प्रहरीले एकैदिन पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको २०५६ असार १६ गतेको फैसलाले कर्तव्यज्यान मुद्धामा २१ वर्ष ६ महिना कैद सजाय तोकिएका साबिक मकवानपुर बुढीचौर गाविस वडा–५ घर भएर हाल मकवानपुरगढी गापा वडा–८ बस्ने वर्ष ७३ का फरार प्रतिवादी देवलाल रुम्बालाई सोमबार मकवानपुरगढी–८ बाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

मकवानपुर अदालतकै २०७५ जेठ २२ गतेको फैसलाले लागुऔषध मुद्धामा १० महिना कैद सजाय तोकिएका मकवानपुरको मनहरी गापा वडा–९ बस्ने वर्ष ४८ का फरार प्रतिवादी चेपाङ माइला भनिने भोजबहादुर प्रजालाई मनहरी गापा–८ बाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत चितवनको २०७४ असार २० गतेको फैसलाले बन मुद्धामा १० हजारका दरले जरिवाना भुक्तान गर्न बा“की फरार प्रतिवादीहरु मकवानपुरको मनहरी गापा वडा–६ बस्ने वर्ष ४३ का रामसिं लोप्चन, वर्ष ३२ का कान्छा भनिने राजकुमार तामाङ, वर्ष २९ का छिरिङ मोक्तान र वर्ष ३८ का प्रतापसिं जिम्बालाई मनहरी गापा–६ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्