सभामुखद्वारा संवैधानिक निकायका नियुक्ति ‘फिर्ता’



;efd’v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd’v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

न्युज अफ नेपाल , काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले संवैधानिक परिषद्‍ले विभिन्‍न आयोगमा नियुक्‍तिका लागि पठाएको सिफारिस फिर्ता पठाएका छन् । संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र सभामुखले आज फिर्ता पठाएका हुन् ।

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिका लागि नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाएको थियो । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि बैठक बस्‍न सक्नेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । पुस ३ गते संवैधानिक परिषद्ले विभिन्‍न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।  अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्