कक्षा ११ र १२ मा गणित विषय अनिवार्यमा



न्युज अफ नेपाल, काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ ।

कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् । कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ’, शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो निर्णयसँगै गणित विषयको विवाद सकिएको छ ।’

यसअघि नयाँ पाठ्यक्रममा गणित विषयलाई चौथो समूहमा राखिएको थियो । ऐच्छिकमा राखिएकाले विद्यार्थीले चाहेमा मात्र पढ्न पाउने थिए । हाम्रो माग पूरा भएको छ । सरकारको निर्णयलाई स्वागत गर्छौं’ गणित समाजका सह–सचिव डा. जीवन काफ्लेले भने, ‘गणित विज्ञानको मुटु हो । विज्ञान विषय पढ्नेका लागि गणित अनिवार्य नै चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्