संसद विघटन विरूद्ध प्रचण्ड–नेपाल माइतीघरमा



न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा उनकै सहयात्रीहरु सडक आन्दोलनमा छन् । प्रचण्ड–माधव समूहले ओलीको उक्त कदमलाई प्रतिगमन भनेका छन् ।

त्यसविरुद्ध अहिले तेस्रो चरणको आन्दोलन जारी छ । यसैक्रममा राजधानीको माइतीघर मण्डेलामा विघटित प्रतिनिधिसभाका सांसद्हरु दिनहुँ विरोध प्रदर्शनमा संलग्न छन् ।अहिले प्रदर्शन भइरहेको छ । नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्