क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु   



हवाना । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ ।

मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो । त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्