मनोहरा जेसिसद्वारा धार्मिक सास्कृतिक धरोहर सरसफाई



भूपराज बस्याल, काठमाडौ । मनोहरा जेसिसले आज एक कार्यक्रम गरि कागेस्वरी मनोहरा ४ मा अवस्थित कान्ति भैरव मन्दिर परिसर सरसफाई गरेको छ । बर्ष २०२१मा मनोहरा जेसिसले धार्मिक धरोहर सरसफाई कार्य बाट आफ्नो कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम संगै जेसिसले जेष्ट नागरिक सम्मान तथा खाद्यान्न बितरण कार्यक्रम समेत गर्नेछ ।

मनोहरा जेसिसका बोर्ड सदस्य मनिस अधिकारिको सम्योजकत्वमा सप्पन्न मन्दिर सरसफाई तथा सचेतना कार्यक्रममा बोल्दै मनोहरा जेसिस २०२१का अध्यक्ष सागर रोक्काले स्वस्थ्य मानव जिवनको अभिन्न अंग रहेकाले युवा समाजको खम्बा रहेकको र युवाले समाजलाई उदरहणिय कार्य गरेर देखाउनु पर्ने कुरा बताउनु भयो ।असल र सभ्य नेतृत्व गर्ने युवाहरु तयार गर्न र युवाहरुलाई उद्ध्यमशिलता तर्फा उन्मुख गराउदै विश्व बन्धुत्व भावनाको विकास गर्न मनोहरा जेसिज लागिरहने बताउदै बर्तमान समयमा युवाले आफ्नो सस्कार र सस्कृती भुल्दै गएकाले युवाहरुमा समाज स्वस्थ्य र सरसफाई राख्दै धार्मिक तथा सास्कृतिक धरोहर संरक्षण गर्न सिकाउने उदेश्यले मनोहरा जेसिसले यस्तो थप कार्यक्रम गर्दै जानेकुरा अध्यक्ष सागर रोक्काले बताउनु भयो ।

सरसफाई कार्यक्रममा कान्ति भैरव मन्दिर संरक्षण समितिका उपाध्यक्षले मनोहरा जेसिसले आज मन्दिर सरसफाई तथा सचेतना कार्यक्रम गरेर आफ्नो कर्तव्य सम्झाएको बताउनुभयो ।सरसफाई कार्यक्रममा मन्दिरका मुल पुजारि, स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मनोहरा जेसिसका महासचिव तुलसा आचार्यले गर्नु भएको थियो भने मनोहरा जेसिसका मिडिया तथा प्रेस सम्योजक उमेश भट्टराईले सरसफाई कार्यक्रम साथ दिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्