सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइ दिन्छ:नेतृ संग्रौला



यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चिरहरण गरेको बताउनु भयो ।सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइ दिने विश्वास उहाँले गर्नु भयो ।

हामी प्रजातन्त्रमा विस्वास राख्द छौँ ,स्वतन्त्र न्यायालयले संविधान बमोजिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उहाँले भन्नु भयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शनिवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्व सत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताउनु भयो ।

उहाँले ३ वर्षमा नेकपाको सरकारले हत्या हिंसा, बलत्कारमा चमत्कार देखाएकोले सरकार पतनको दिशा मागएको आरोप लगाउनु भयो  लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उहाँको भनाई रहेको छ । उहाँले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावीसमेत गर्नु भयो ।न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’भन्ने फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उहाँले बताउनु भयो ।

लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्ननसक्ने भन्दै उहाँले निर्वाचन विधि संगत हुनु पर्नेमा जोड दिनु भयो ।क्लवका अध्यक्ष रामकुमार क्षेत्रीकोअध्यक्षतामा साक्षात्कार कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्