सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवनमा



न्युज अफ नेपाल ,काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली आज चितवन गएका छन् । नेकपा ओली समूहद्वारा भरतपुरमा आयोजना गरिने जनसभालाई सम्बोधन गर्न र सिटी हलको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन गएका हुन् ।

शनिबार दिउँसो साढे १२ बजे नेकपाको चितवन जिल्ला कमिटीले भरतपुरस्थित ‘केन्द्रीय बस टर्मिनल’ मा कार्यकर्ता भेला तथा जनसभा आयोजना गरेको छ । उक्त भेलारसभालाई प्रधानन्त्रीस ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सम्बोधनअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको सिटी हलको शिलान्यास गर्ने बताइएको छ । साथै भरतपुरको पुल्चोक(गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्ने कार्यको पनि उनले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।नेकपा ‘ओली समूह’ चितवनले प्रधानमन्त्रीद्वारा सम्बोधन हुने कार्यक्रममा भरतपुर र वरपरका गाउँगाउँबाट समेत कार्यकर्ता तथा जनसाधारणलाइ भेला गराउने तयारी थालेको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्रीले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेसँगै नेकपामा विभाजन देखापरेको छ भने प्रधानमन्त्री ओली संगठन निर्माण र चलायमान बनाउन विभिन्न भेला तथा सभामा सम्बोधनमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्