केटु हिमाल आरोहीलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई



न्युज अफ नेपाल, काठमाडौं ।

हिउँदयामको समयमा समेत विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाइ दिनुभएको छ ।

शाहले र्निमल पुर्जासहितको टोलीलाई सर्वाधिक चिसो मौसममा पनि साहासका साथ आफ्नो लक्ष्य पूरा गरेको बताउँदै सम्मान प्रकट गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दे शाहले भन्नुभएको छ,’ सवाधिक चिसो मौसममा पनि साहासका साथ गरेका त्यो आरोहण म हार्दिक बदाई एवम सम्ममान प्रकट गर्दछु । त्यको प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठमा वृद्धि भएको सुखद अनुभुति मैले गरेको छु ।

नेपाल विश्वका अनेकौ उच्च हिमालले भरिपूर्ण देश रहेको जिकिर गर्दै शाहले साहसी आरोही तथा पथ प्रर्दशक र प्ररेकहरुको लागि यो मुलुक प्रेरणाको स्रोत भएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्