कारभित्र विद्यार्थीसँग यौनसम्पर्क गर्ने शिक्षिकालाई जेल सजाय !



Laura Dunker https://www.news5cleveland.com/news/local-news/oh-cuyahoga/bedford-high-teacher-indicted-for-sexual-relationship-with-2-students-scheduled-to-appear-in-court Credit: News 5 Cleveland

वासिङ्टन, (एजेन्सी)

अमेरिकाको ओहाइयोका माध्यमिक विद्यालयका एक पूर्वशिक्षिकालाई दुईजना आफ्ना विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा दुई वर्ष लामो कारबास सजाय तोकिएको छ । ‘लाउरा डन्कर’ नामक ती शिक्षिकाले आफ्नै विद्यार्थीहरूसँग थुप्रैपटक आफ्नै घरमा र पार्कमा आफ्नै कारभित्र यौन सम्पर्क राखेको बताइएको छ । फोक्स–८ का अनुसार गत अक्टोबरमा अदालतले उनलाई दुईवटा यौन अभियोगमा दोषी ठह-याएको थियो ।

बिहीबार सुनाइएको सजायअनुसार उनलाई प्रत्येक अभियोगमा दुई वर्ष कैद तोकिएको छ । तर, उनलाई दुईवटै सजाय एकै पटकमा भुक्तानी गर्ने मौका दिइएको हो । कारागार मुक्त भइसकेपछि पनि उनलाई पाँच वर्षसम्म परीक्षणकालमा राखिने प्रहरीले जनाएको छ । तेश्रो दर्जाको यौन अपराधी ठहर गरिएकी डन्करले जीवनभरि प्रत्येक ९० दिनमा प्रहरी कार्यालयमा उपस्थित भइरहनुपर्ने भएको छ ।

हाल ३१ वर्षीया डन्कर कुनै समय ओहाइयोको बेन्डफोर्डस्थित बेडफोर्ड हाइस्कुलमा शिक्षिका थिइन् । ती यौन घटनाहरू शिक्षिका हुँदा नै सन् २०१८ को १ नोभेम्बरदेखि सन् २०१९ को १९ अक्टोबरबीच घटेका थिए । उनी आफूविरुद्ध अनुसन्धान भइरहेको थाहा पाएपछि प्रमाण नष्ट गर्न खोजेको अभियोगमा पनि दोषी ठहर भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्