पर्सामा कोरोना बिरुद्धको खोप: जसले संक्रमित स्याहारिन् उनैले खोपिन



कृष्णउदास खनाल,वीरगन्ज । करिब दश महिना अगाडि वीरगन्जमा चारजना भारतीय मुस्लिम धार्मिक अगुवाहरुलाई कोरोना देखिएको थियो,त्यत्तिबेला कोरोना त्रास नेपालमा ब्यापक थियो ।

पर्सामा तीन भारतीय सहित चारजना धर्म गुरुहरुमा कोरोना देखिएपछि देशभर तरंग भयो र उनीहरुलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरियो तर त्यत्तिबेला उपचार नै के थियो र कोरोना संक्रमितका लागि । आवश्यक थियो त केवल,साहस र हौसला । उनीहरु निको भए पत्रकार सहित समाजमा कयौं ब्यक्तिहरु पर्सामा बिस्तारै संक्रमति हुदै गए ।

उनीहरु नारायणी अस्पतालमा जान्थे र तिनैलाई ऊर्जा र हौसला प्रदानमा नर्स हेमा थापा खटिनु हुन्थ्यो । डर त उहाँमा पनि थियो तैपनि उहाँले कोरोना संक्रमतिहरुलाई कहिल्यै अनादर गर्नु भएन । नर्सको भुमिमा मात्रै नभइ एक सामाजिक मनोपरामर्स दाताको रुपमा उहाँ अस्पतालमा रहनुभयो । संक्रमति हुने सबै करिब १० दिन त्यहाँ बस्नु पर्दथ्यो उहाँले दिने हौस्लाले दशदिन त्यहाँ बस्न संक्रमतिहरुलाई अप्ठेरो भएन ।

तिनै कोरोना संक्रमितहरुको हरपलको साथी बनेकी हेमा थापाले वीरगन्ज कोरोनाको हटस्पट बनेको केही महिनापछि बुधबार पहिलो कोरोना बिरुद्धको खोप लगाउनुभयो । बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा होमालाई खोप लगाएर कोरोना बिरुद्धको खोप अिभयानको शुभारम्भ प्रदेश २ का मुख्यमंत्री लालबावु राउतले गर्नुभयो । हेमाले खोप लिएपछि आफूले बिगतमा संक्रमतिहरुलाई आफूले दिएको सेवा र संक्रमणका कारण ज्यान गुमाएका पर्सावासीलाई संझिएको बताउनुभयो ।

पर्सामा कोरोना कारण ५१ जनाको ज्यान गएको छ । यिनीहरु सबै पर्साका भने होइनन् वीरगन्जका अस्पतालमा उपचारका क्रममा पर्सा,बारा र रौतहट सहितका मधेशका संक्रमतिहरुको ज्यान गएको हो । खोप केन्द्रको उद्घाटन गरेपनि मुख्यमंत्रीले भने खोप लगाउनु भएन तर अस्पतालका मेडिकmल सुपरीटेण्डेन सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले भने लगाएका छन् । पर्सामा पाँच हजार २ सय डोज खोप प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्