राष्ट्रपति बाइडेनले पुनः भ्रमण प्रतिबन्ध लागू गर्ने



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति जोय बाइडेनले सामेबार कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि अमेरिका भ्रमणमाथि लगाइने प्रतिबन्धमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति भवन ह्वाइट हाउसका अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् । यस प्रतिबन्धले यदि हालसालै दक्षिण अफ्रिकामा रहेका अधिकांश गैर अमेरिकी नागरिकहरूले अमेरिकामा प्रवेश गर्न नपाउने भएका छन् ।

दक्षिण अफ्रिकामा हालै मात्र नयाँ अर्थात् विकसित रूपको कोरोना भाइरस फेला परेको थियो । कोरोना भाइरसको कारण अमेरिकामा मात्र २ करोड ५० लाखभन्दा बढी व्यक्ति संक्रमित हुनाका साथै ४ लाख १८ हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

साथै, बाइडेनले गत वर्षको अधिकांश समय कोरोना भाइरस रोकथामका लागि लागू गरिएका व्यापक प्रतिबन्धहरू पुनः कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ । ती प्रतिबन्धहरू पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनु केही दिनअघि मात्र फुकुवा गरेका थिए ।

पुनः लागू गरिने भ्रमण प्रतिबन्धले संयुक्त अधिराज्य, आयरल्यान्ड, तथा स्केन्जेन मुलुकका रूपमा चिनिने थुप्रै युरोपेली मुलकका गैरअमेरिकी नागरिकलाई असर पार्ने बताइएको छ । साथै, ब्राजिलबाट अमेरिका आउन चाहनेहरूलाई पनि यसले प्रभाव पार्ने बताइएको छ ।

बाइडेनले राष्ट्रपतीय कार्यभार सम्हाल्नुअघि नै ह्वाइट हाउसका प्रेसमन्त्री जेन साकीले ट्विटरमार्फत आफैंले लागू गरेका प्रतिबन्धहरू फुकुवा गर्ने ट्रम्पको निर्णयको आलोचना गरेकी थिइन् । साकीले महामारीको रूप झन्झनै खतरनाक हु“दै गइरहेका बेला तथा अझै डरलाग्दो र छिटो सर्ने खालका नयाँ भाइरस देखिरहेका बेला अन्तर्राष्ट्रिय भ्रमण प्रतिबन्ध हटाउनु उचित नरहेको दाबी गरेकी थिइन् । यी प्रतिबन्धहरू मंगलबारदेखि हट्नेगरी ट्रम्पले निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्