मानव सेवा आश्रमद्वारा ४ जनाको उद्धार


सरस्वती न्यौपाने, रसुवा । मानव आश्रम सेवा केन्द्र ले रसुवा का चार जना लाई उद्वार गरेको छ।

माघ १० गते सडक मानव राष्ट्रिय उद्वार कार्यक्रम अनुसार गाउँपालिका हरूको सहयोगमा जिल्ला समन्वय समिति को उपप्रमुख छोपेमा तामाङ,समन्वय अघिकारि मिना अर्याल,प्र,जि,अ हरि पन्त,योजना अधिकृत मन्जु थापा, लगायत अन्य कर्मचारी र सेवा आश्रमका अभियानताको समन्वय मा चार जना सडक मानवको उद्वार गरिएको हो।

उतरगया गाउँपालिकाको एक,कालिका गाउँपालिका को एक,गोसाईकुन्ड गाउँपालिकाको दुई जना लाई उद्वार गरिएको हो।मानव आश्रम सेवा केन्द्रीय ले सरकारको राष्ट्रिय अभियान लाई सार्थक बनाई सहकार्य गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्नु भएको छ।

Skip This