अमेरिकामा मस्तिष्क खाने अमिबा फैलिँदै



वासिंगटन (एजेन्सी)

कोरोना भाइरस संकटबीच अमेरिकामा अत्यन्त तिब्र गतिमा मस्तिष्क भक्षण गर्ने घातक अमिबा नेग्लेरिया फाउलेरी फैलिरहेको छ । यो अमिबा अब दक्षिण राज्यहरु हुँदै अमेरिकाको उत्तरी राज्यसम्म फैलिरहेको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक प्रतिवेदन अनुसार यो अमिबा अब विस्तारै बिस्तारै उत्तरी राज्यहरुमा बढिरहेको छ ।

हाल अमेरिकाको मध्यवर्ती पश्चिमी राज्यहरुमा पनि नेग्लेरिया फाउलेरी अमिबाको केस देखिएको छ । यसमा मिनिसोटा, कन्सास र इन्डियानामा ६ जना विरामी देखिएका छन् । कुनै ब्यक्ती यो अमिबाबाट दुषित पानी पिउनुले मात्र पनि अमिबा नेग्लेरिया फाउलेरीबाट संक्रमित नहुने सीडीसीले जनाएको छ ।

मानव मस्तिष्क खाने यो जिवाणु सामान्य तयार माटो, तातो पानी पोखरी, नदी तथा तातो जलधारामा पाइने वैज्ञानिकहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेग्लेरिया फाउलेरी घातक हुने गरेको सीडीसीले जनाएको छ । सन् २००९ देखि सन् २००१८ सम्ममा यो जीवाणुबाट ग्रसित हुने ३४ घटना आएका थिए ।

सन् १९६२ देखि सन् २०१८को बीचमा १४५ जना यो जीवाणुबाट ग्रसित भएको र ती मध्य ४ जनामात्र बाँच्न सफल भएका थिए । यसबाट संक्रमित मान्छेको मस्तिष्कमा घातक संक्रमण हुने गर्छ । सेन्ट्रल अफ डिजिज कन्ट्रोलका अनुसार मानिसहरु यस प्रकारको अमिबाको सिकार पौडी खेल्ने क्रममा हुन्छ ।

जब नेग्लेरिया फाउलेरी अमिबा कसैको नाकमा प्रवेश गरी उनीहरुको मस्तिष्कसम्म पुग्छ र मस्तिष्कको कोषिकाहरु खान थाल्छ । यस प्रकारका अमिबाको सम्पर्कमा आउने ९७ प्रतिशत बच्न कठिन हुने बताइएको छ । सीडीसीले नेग्लेरिया फाउलेरी अमिबा हरेक बर्ष ८ दशमलव २ माइलका दरले उत्तर तर्फ बढिरहेको जनाएको छ । यो जीवाणु ठीकसँग रेखदेख नपुगेका स्विमिंग पुल र कारखानाबाट निस्कासन हुने तातो पानीमा हुने सीडीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्