सातैवटा महादेशमा पुग्यो कोरोना भाइरस


लन्डन, एजेन्सी ।

हाल सम्म कोभिड १९ मुक्त मानिएको विश्वको एक मात्र अन्तिम महादेश एन्टार्टिकमा पनि कोरोना भाइरस पुगेको छ । चिलियन सेनाले एन्टार्टिक प्रायद्विपमा रहेको बर्नाडो ओ हिगिन्स अनुसन्धान केन्द«मा ३६ वटा कोरोना संक्रमणको घटना भेटिएको जानकारी दिएका छन् ।

२६ जना सैनिक कर्मचारी तथा १० जना मर्मत कार्यमा संलग्न कामदारमा कोरोना भाइरस देखिएको हो । तिनीहरु सबैलाई चिली फर्काइउको सैनिक सुत्रले जनाएको छ । चिलीको नौसैनिक सुत्रले उक्त अनुसनधान केन्द्रमा आवश्यक सरसामान तथा मानव ओसार्ने एउटा पानी जहाजमा संक्रमणका तीनवटा घटना देखिएको पुष्टि गरेको केहि दिन पछि नै यति धेरै संख्यामा अन्य संक्रमित फेला परेको हुन् ।

यस घटनासंगै अब विश्वका सातैवटा महादेशमा कोरोना भाइरस पुगेको प्रमाणित भएको छ । २७ नोभेम्वरमा अनुसन्धान
केन्द्रमा आइपुगेको पानी जहाज दि सार्जेनटो एल्डि गत १० डिसेम्वरमा चिली फर्केको थियो । टाल्काहुआनो स्थित चिलीको नौसैनिक अखडामा आइपुग्नासाथ सो जहाजका चालक दलका तीनजना सदस्य कोरोना भाइरस पोजिटिभ भेटिएका थिए । चिलीको नौ सेनाले एन्टार्टिक भ्रमणमा गएका अन्य सबैका पिसिआर परिक्षण गरिएकोमा सम्पूर्ण परिणाम नेगेटिभ आएको पनि जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।