पुनमको अश्लीलताविरुद्ध मुद्दा दायर



बेला–बेलामा अश्लील हर्कत, फोटोसुट तथा भिडियोका कारण चर्चामा आइरहने बलिउड नायिका पुनम पाण्डे फेरि पनि एक अश्लील भिडियो सुटका कारण चर्चामा छिन्।
गोवामा समय बिताइरहेकी नायिकाविरुद्ध गोवास्थित कैनाकोना पुलिस स्टेसनमा एक अन्जान व्यक्तिले अश्लील भिडोयो सुट गरिरहेको भन्दै केस दायर गरेपछि उनी फेरि एकपटक एकैसाथ चर्चा र विवादममा आएकी छिन्। अज्ञात व्यक्तिले मुद्दा हालेपछि पुनमविरुद्ध गोवास्थित फरवार्ड पार्टिको महिला विङ्सले पनि उजुरी दर्ता गरेको छ। यसबारे प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीमाथि टपलेस भिडियो सुट गरेको आरोप लगाइएको छ।
केही समयअघि गोवामा नै साम बम्बेका साथ विवाह गरेकी पुनमले विवाहको केही दिनपछि पतिविरुद्ध कुटपिटको आरोप लगाएकी थिइन्। त्यसपछि गोवा प्रहरीले उनको पतिलाई हिरासतमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्