एपिद्वारा बाइडेनले चुनाव जितेको घोषणा



टोरोन्टो,(एजेन्सी)

एसोसियटेड प्र्रेस ( एपि ) ले जोय बाइडेनले नयाँ किर्तिमान सहितको मत ल्याएर अमेरिकाको राष्ट्रपतिय चुनाव जितेको घोषणा गरेको छ । पेनसिल्भानियाको चुनाव आफ्नो पक्षमा गएपछि शुक्रवार बाइडेनको इलेक्टोरोल मत २ सय ८४ पुगेको छ ।

राष्ट्रपतिय चुनाव जित्नमा लागि इलेक्टोरल मत २ सय ७० ल्याउनु जरुरी छ । उनले इलेक्टोरोल कलेज र पपुलर मत दुवैमा सफलता हासिल गरेका छन् ।

साथै हालैमात्र ७८ वर्ष उमेरमा प्रवेश गरेका उनले अमेरिकाको राष्ट्रपतिय चुनावको इतिहासमै पहिलो चोटि ७ करोड भन्दा बढि मत ल्याउन सफल भएका छन् । एपिको इलेक्टोरल मत गणनामा बाइडेनको एरिजोनाको जितलाई पनि समेटेको छ । तर अमेकिरा अन्य प्रमुख समाचार निकायहरुले भने अझै बाइडेनको औपचारिक विजय घोषणा गरेको छैन ।

तिनीहरुले अझै महत्वपूर्ण करिव ४ लाख ५० हजार मतको परिणाम प्रतिक्षा गरिरहेका छन् । त्यसैगरी क्यालिफोर्नियाका सिनेटर कमला ह्यारिस पनि अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिको रुपमा चुनावी सफलता हात पार्न सफल रहेको बताइएको छ । उनी भारतिय र जमैकन मूलबाट जन्मिएकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्