ग्वाटेमालाको बाढिपहिरो र आँधीमा १ सय ५० को मृत्यु



क्वेजा,(एजेन्सी)

खतरनाक आँधि एटासंगै आएको भिषण वर्षाको कारण ग्वाटेमालाको एउटा विकट गाउँमा पहिरो जाँदा आएको करिव १ सय ५० व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । राष्ट्रपति अलेजान्द्रो गिम्मातेइले मुलुकको मध्य क्षेत्र अल्टा भेरापाजको क्वेजामा मात्र पहिरोको कारण एक सयजनाको मृत्यु भएको बताएका छन् ।

खराब मौसमको कारण उद्धार प्रयासमा अवारेध सिर्जना भएको छ भने थुप्रै सडक थुनिएका छन् र ठूलो क्षेत्रफल अझै पनि डुबानमा परेको संचार माध्यमले जनाएका छन् । यस अघि नै सरकारी सुत्रले बाढि र पहिरोको कारणले कम्तिमा पचास जनाको ज्यान गइसकेको पुष्टि गरेको थियो ।

यस अघि मंगलवार छिमेकी मुलुक निकारागुवामा देखिएको एटा आँधी २ सय २५ किलोमिटर प्रति घन्टा वेगको मापन भएको छ । निकारागुवाबाट यो आँधि होन्डुरस र ग्वाटेमाला तर्फ अघि बढेको हो । ग्वोटमालाका राष्ट्रपति गिम्मातेइले एउटै मात्र हेलिकोप्टर भएको कारणले पनि उद्धार कार्य राम्ररी हुन नसकेको स्विकारेका छन् । तर उनले क्वेजाबाट एउटा पनि लाश फेला परिनसकेको बताएका छन् । तर होन्डुरसमा भने दसवटा लाश फेला परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्