नक्कली कुकुर डो-याएर कर्फ्यु तोडियो



प्राग,(एजेन्सी)

चेक गणतन्त्रका प्रहरीले विचित्र तरिकाले कफ्र्यु उल्लंघन गर्ने एक पुरुषलाई चेतावनी दिइएको जनाएका छन् । उनलाई मृत कुकुरको छालामा भुस भरेर बनाइएको पुत्लालाई साँच्चिकै कुकुर भन्दै कर्फ्युको बेला बाटोमा डुलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

सेस्के बुदेजोभिसको सडकमा यसरी कुकुर डुलाउँदै हिंडेको परिचय नखुलाइएका ति पुरुषलाई प्रहरीले रोक्दा प्रहरीका साथमा चेक टेलिभिजनको इभेन्ट अफ साउथ बोहेमिया सोका समाचार संकलन टोलि रहेको थियो । बढ्दो कोभिड १९ संक्रमण नियन्त्रणका लागि बेलुकी ९ बजेपछि सार्वजनिक स्थलमा हिंडडुल रोकिएको छ ।

प्रहरीले राम्ररी निगरानी गरेपछि उनले खेलौना कुकुर डो¥याइरहेको पत्ता लगाएका थिए । तर ति व्यक्तिले आफ्नो यो कार्य कलात्मक व्यवहारिक ठट्टा भएको बताएपछि प्रहरीले उनलाइ नसिहत दिएर छाडेका थिए । ति व्यक्तिले पछि म्लादा फ्रोन्टा नेस अखवारलाई आफ्लाई आफ्नो कार्य प्रति कुनै पछुतो नलागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्