अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक, ट्रम्प अदालतको शरणमा



न्युयोर्क (एजेन्सी)

अमेरिकामा राष्ट्र्रपति चुनावको अन्तिम नतिजा आउनमा ढिलाइ हुने संकेट आइरहेको छ । मतगणनाको पछिल्लो नतिजामा डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेन २ सय ६४ इलेक्टोरल मत सहित राष्ट्रपति बन्न आवश्यक चमत्कारिक संख्या २७० को नजिक पुगेको छ भने मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प २ सय १४ मा अडकेको छ ।

यद्यपी अन्तिम नतिजा आउन भने बाँकी नै छ । बाइडेनको पक्षमा ६ इलेक्टोरल मत हात परेपछि उनी राष्ट्रपतिमा निर्वाचित हुने पक्का छ । यसका लागि उनले नेभाडाको चुनाव जिते पुग्ने देखिएको छ र त्यहाँको मत गणनामा बाइडेनले नै अग्रता हासिल गरिरहेको छ ।

बाइडेनले विस्कोसिन र मिसिगन जस्ता महत्वपुर्ण राज्यमा जित हासिल गरेपछि ट्रम्पको खेमामा ठुलो हलचल मच्चिएको हो । पछिल्लो परिणाम र मत गणनाको ट्रेन्डले नतिजा आफनो पक्षमा नहुने देखिएपछि ट्रम्प र उनका समर्थक आत्तिएका छन् । ट्रम्पका चुनाव प्रचार टोली सदस्य अब बाँकी राज्यमा मतगणना रोक्न अदालतको सरणमा पुगेका छन् । धाँधलीको दावी गर्दै अदालतमा पुगेका ट्रम्प समर्थकले जर्जिया, नेभाडा र पेन्सिलभेनियाको मतगणना रोक्ने प्रयास गरेका छन् ।

ट्रम्पले अग्रता हासिल गरेको जर्जियामा करिब २० हजारको हाराहारीमा मतगणना गर्न बाँकीछ । जर्जिया मतगणनामा ट्र्म्पले अग्रता हासिल गरिरहेका छ । यद्यपी पछिल्लो मतगणनाले बाइडेनसँगको मत अन्तर घटेको छ । ट्र्म्पको त्यसैगरी पेन्सिलभेनियामा २० लाख भन्दा बढी हुलाक मार्फत आएका मतमध्य ५० प्रतिशत भन्दा बढी मत गणना हुन बाँकी नै छ ।

मतगणना सहज रुपमा हुने हो भने दुई दिनमै सकिने भएपनि प्राविधिक कठिनाईका कारण १० दिनसम्म लम्बिन सक्ने पनि बताइएको छ । पेन्सिलभेनियाको मत गणनामा ट्र्रम्पले ठुलो अन्तरमा अग्रता हासिल गरिरहेको थियो । तर हुलाक मतपत्र गणनापछि यो अन्तर उल्लेखनिय रुपमा घटेको छ । यदि पेन्सिलभेनियाको नतिजा बाइडेनको पक्षमा जान्छ भने उनी सहजै राष्ट्रपतिमा निर्वाचित हुने छ । पेन्सिलभेनिया राज्यको इलेक्टोरल भोट २० रहेको छ ।

नेभाडामा केही अनुपस्थित मतदाताको नाममा खसेको मतलाई लिएर विवाद भएको हो । ट्र्रम्प समर्थक वकिलहरुले अन्तिम समयमा नेभाडामा धोकाघडी भएकोमा मुद्दा हालेको हो । जजियामा ट्रम्पको टोलीले मतदान समय सकिएपछि आएका ५३ मतदातालाई पनि भोट हाल्न दिएको आरोप लगाएका छन् । चुनाव अधिकारीहरुले डेमोक्र्याटिक पार्टीलाई समर्थन दिइरहेको दावी उनीहरुले गरेका छन् । यसअघि डोनाल्ड ट्रम्पले चुनाव जितेको दावी गरेका थिए ।

उनको दावीले काम नगर्ने देखेपछि उनी कानुनी लडाई लड्ने तयारीमा जुटेका छन् । यसबीच बाइडेनको कानुनी टोलीले अदालतमा पनि ट्रम्पको टोलीको सामना गर्न तयार रहेको बताए ।बाइडेनले विस्कोन्सिन र मिसिगनमा चुनाव जितेको छ । यसले उनको कुल इलेक्टोरल मत संख्या २ सय ६४ पुगेको छ । सन् २०१६ मा मिसिगन ट्रम्पको खातामा थियो । त्यसैगरी विस्कोन्सिन बाइडेनको जितलाई लिएर ट्रम्प सन्तुष्ट छैनन ।

ट्रम्पका क्याम्पेन म्यानेजर बिल स्टेपिनले विस्कोन्सिनका कयौं इलाकामा मतगणनामा गडबडी भएको समाचार आएकोले त्यहाँको परिणाममा प्रश्न उठिरहेको बताए । राष्ट्रपति ट्रम्पले यसलाई लिएर पुन मतगणना गराउन अपिल गर्न चाहेको उनले बताए ।
ट्रम्पको खेमाबाट आइरहेको आक्रामक टिप्पणीलाई लिएर बाइडेनले ट्विट मार्फत भने, अघि बढ्न आफ्ना प्रतिद्वन्द्वीलाई शत्रुका रुपमा लिने मानसिकता छोड्नु पर्छ । हामी दुश्मन होइनौं ।

किर्तिमान मतले जित्ने तयारीमा बाइडेन

अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा सर्वाधिक मतले जित्ने उम्मेदवार हुनेछ जोय् बाइडेन । यस चुनावमा बाइडेनलाई ७ करोड भन्दा धेरै मत प्राप्त भइसकेको छ । यसअघिको किर्तिमान बाराक ओबामाको नाममा थियो, जसलाई सन् २००८ को चुनावमा ६ करोड ९४ लाख भन्दा धेरै भोट प्राप्त भएको थियो । यद्यपी अझैपनि केही महत्वपुर्ण राज्यको परिणाम आउन बाँकी नैछ ।

बाइडेन अब सबैभन्दा बढी लोकप्रिय मत हासिल गनैृ अमेरिकी राष्ट्रपति पदका उम्मेदवार बनेका छन् । अहिले पनि नेभाडा, पेन्सिलभेनिया जस्ता केही राज्यमा मतगणना जारी छ र यहाँको परिणाम बाइडेन र ट्रम्प दुबैका लागि निर्णायक साबित हुने छ । अमेरिकामा यो बर्ष खसेको मत संख्याले १ सय २० बर्षको किर्तिमान तोडेको छ । यस पटकको चुनावमा ६६ दशमलव ९ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

ह्वाइट हाउस बाहिर बाइडेन समर्थकले भरिए

यसबीच नतिजा आफनो पक्षमा देखिएपछि बाइडेनका समर्थकहरु ह्वाइट हाउस बाहिर जम्मा हुन थालेका छन् । उनीहरुले ट्रम्प विरुद्ध नारा लेखिएका ब्यानर बोकेका छन् । ह्वाइट हाउस बाहिर ट्रम्प समर्थकहरु पनि जम्मा भइरहेकोले भिडन्तको सम्भावना बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्