ओरेगनमा लागु औषध नियम कानुन परिवर्तित



न्युयोर्क,(एजेन्सी)

कोकिन र हेरोइन लगात कडा खालका लागु औषध साथमा राख्नुलाई ठूलो अपराध नठहराउने ओरेगन अमेरिकाको पहिलो राज्य भएको छ । अब देखि त्यहाँ निजी प्रयोगका लागि थोरै परिमाणमा त्यस्ता लागु पदार्थ बोकेको हातलतमा भेटिएको खण्डामा तिनीहरुलाई एकसय अमेरीकी डलर जरिवाना वा दुव्र्यसनी उपचार केन्द«मा लगेर स्वास्थ उपचार मात्र गराइने भएको छ ।

ओरेगन उपचारका क्रममा भ्रम सिर्जना गराउने च्याउ प्रयोग गर्ने अनुमति दिने पनि पहिलो अमेरिकी राज्य हो । लागु औषध समबन्धी कानुन लचिलो बनाउने कायक्रम अन्तर्गत यस नयाँ नियमका लागि जनमत प्राप्त भएको हो ।

अमेरिकी मतदाताहरुले एरिजोना , न्युजर्सी , मोनतना र साउथ डाकोटामा पनि आफ्ना मत दिएर नै गाजाको प्रयोजनलाई वैधानिकता प्रदान गरेका थिए । डिस्ट्रिक्ट अफ कोलम्विया र अन्य एघारवटा राज्यमा पहिले नै गाजालाई वैधानिकता प्दान गरिसकेको छ । संघिय स्तरमा गाजा अझै पनि प्रतिवन्धित छ ।

ओरेगनको अहिले प्रचलित राज्य कानुन अनुसार यस्तो कडा खाले लागु औषध साथमा राख्नेहरुलाई जनही ६ हजार २ सय ५० अमेरिकी डलर जरिवाना वा एक वर्ष लामो कारवास संजायको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्