सेप्टी ट्यांकीमा घोडा खसेपछि…



न्युयोर्क,(एजेन्सी)

अमेरिकाको फ्लोरिडा स्थित कसैको एक खुल्ला निजी चउरमा अग्निनियनत्रकहरुले सेप्टिक ट्यांकीमा डुब्नै लागेका एउटा घोडालाई निकाल्न सफल भएका छन् । घटनास्थलमा अग्निनियन्त्रकहरु आइपुग्दा घोडा झण्डै दिसाको थुप्रोमा डुब्नै लागेको अवस्थामा थियो ।

मरियन काउन्टि फायर उद्धार टोलिले बेल्लेभ्यु नामक सो चउरमा बडी बियर नामक घाडा सेप्टी टैंकमा डुब्दैछ भन्ने खवर प्राप्त हुनासाथ टोलि त्यहाँ पठाइएको जनाएको छ । ति करिब चलिस वर्षिय घोडाको उद्धार गर्न स्पेशल अपरेसन्स हजामत हेभि रेस्क्यु १ र टेक्निकल रेस्क्यु टिम हेभि रेस्क्यु २ परिचालित गरिएको थियो ।

टैंकबाट निकालिना साथ स्वास्थ जाँचका लागि तत्कालै त्यहाँ पशु चिकित्सकलाई बोलाइएको थियो । उद्धार टोलिका अधिकारीहरुले घोडा गम्भीर घाइते नभएको र उपचार पछि सामानय चोट निको हुँदै गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्