अमेरिकी राष्ट्रपतिमा जो बिडेन !



एजेन्सी ।

अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा जो विडेन अग्रस्थानमा छन भने ट्रम्पले पछ्याइरहेका छन।

अहिलेसम्मको मत गणना नतिजा हेर्दा विडेनको २६४ मत लिएका छन भने ट्रम्पले २१४ मत प्राप्त गरेका छन ।
नेभडा राज्यमा बिडेनले लिड गरेका छन । याे राज्यमा बिडेनले जितेमा सहजै उनी निर्वाचित हुने देखिन्छ । यहाँकाे निर्वाचन जित्नका लागि २७० मत चाहिन्छ ।

अब हुने मत गणनाको नतिजामा तलमाथि नभए विडेन राष्ट्रपति हुने अनुमान लगाउन सकिन्छ ।
मत परिणाम हेर्दा ः
जाे बिडेनः २६४ + नेभेडा(६)
ट्रम्पः २१४ + जर्जिया(१६) + नर्थ क्यारोलाइना(१५)+ पेन्सिलभेनिया(२०)+अलास्का(३)

प्रतिक्रिया दिनुहोस्