ट्रम्पको चीनमा व्यापारिक कारोबार र बैंक खाता : न्युयोर्क टाइम्स



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा चिनियाँ बैंकमा खाता सञ्चालनमा रहेको तथा वर्षौंदेखि उनले चीनमा व्यापारिक परियोजना चलाउँदै आएको दि न्युयोर्क टाइम्सले जनाएको छ। उक्त खातामाथि ट्रम्प इन्टरनेसनल होटल म्यानेजमेन्टको नियन्त्रण रहेको तथा त्यसले सन् २०१३ देखि २०१५ मा स्थानीय कर तिरेको समेत देखिएको बताएको छ।

ट्रम्पका प्रवक्ताले भने एसियामा होटलको कारोबारको सम्भाव्यता अध्ययनका लागि यो खाता खोलिएको जनाएको छ। वास्तवमा ट्रम्प आफै चीनमा व्यापार गर्दै आएका अमेरिकी कम्पनीको आलोचक रहँदै आएका थिए भने चीन र अमेरिकाबीच व्यापार युद्ध पनि शुरू भएको थियो। ट्रम्पको निजी र कम्पनीको वित्तीय विवरणसहितको कर अभिलेख प्राप्त गरेपछि दि न्युयोर्क टाइम्सले यो खाता काण्ड सार्वजनिक गरेको हो।

यसअघि यस अखबारले ट्रम्पले सन् २०१६ र २०१७ मा अमेरिकी संघीय करबापत ७५ करोड डलर तिरेको विवरण सार्वजनिक गरेको थियो। त्यसैगरी, चीनको बैंकमा रहेको ट्रम्पको खाताले १ लाख ८८ हजार ५ सय ६१ डलर तिरेको बताइएको छ। आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प डेमोक्र्याटिक प्रतिद्वन्द्वी जोय वाइडनसँग भिड्दै छन्। उनको चुनावी भविष्य उनले लिने चीनसँगको नीतिले पनि प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषकको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्