खसोगीका मंगेतरद्वारा युवराज सलमानविरुद्ध मुद्धा



रियाद,(एजेन्सी)

टर्की स्थित साउदी दुतावासमा हतय गरिएका साउदी पत्रकार जमाल खसोगीकी मंगेतरले साउदी अरेवियाका युवराज विरुद्ध उनको हत्याका लागि आदेश दिएको आरोप लगाउँदे मुद्धा दायर गरेकीछन् । मंगेतर ह्याटिस सेन्गिज र खसोगीको मृत्यु अघि उनकै नाममा खोलिएको अधिकारवादी समुहले युवराज मोहम्मद विन सलमान लगायत अन्य बिसजना भन्दा बढि विरुद्ध हत्याको क्षतिपुर्तिको माग सहित मुद्धा दायर गरेका हुन् ।

सन् २०१८ मा टर्कीको राजधानी इस्तानवुल स्थित साउदी नियोगमा जाने क्रममा खसोगीको साउदी एजेनटहरुको टोलिले हत्या गरेको थियो । तर शुरु देखि नै सलमानले हत्याको आरोप अस्विकार गर्दै आएका छन । खसोगी साउदी सरकारका कट्टर आलोचक थिए । उनी लामो सयदेखि संयुक्त राज्य अमेरिकामा स्व–निर्वासित जीवन बिताउँदै आइरहेका थिए ।

उनले अमेरिकी चर्चित अखवार वासिंगटन पोस्टमा नियमित रुपमा कलम चलाउँदै आएका थिए । तुर्केली नागरिक सेन्गिजले मंगलवार वासिंगटन डिसि स्थित एक अदालतमा खसोगीको हत्याका लागि आर्थिक क्षतिपुर्ति समेत माग गर्दै सलमान लगायतका व्यक्तिहरु विरुद्ध हत्याको आरोप लगाउादै मुद्धा दायर गरेकी हुन् । खसोगीको मानव अधिकार समुह डेमोक्रेसी फर दि अरव वल्र्ड नाउ ( डन ) ले आफ्नो गतिविधि माथि पनि हस्तक्षेप भएको गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्