टाउको छुट्याएका जुम्ल्याहा बालिका पाकिस्तान फिर्ता



लन्डन,(एजेन्सी)

जन्मँदै टाउको जोडिएका जुम्ल्याहा बालिका स्वस्थ अवस्थामा वेलायतबाट आफ्नो मुलुक पाकिस्तान फर्केका छन् । तिनीहरुको गत वर्ष वेलायतको राजधानी लन्डन स्थित ग्रेट ओर्मनड स्ट्रिट अस्पतालमा चिकित्सिकहरुको एक टोलिले शल्यक्रिया गरेर तिनीहरुको शरिर छुट्याउन सफल भएको थियो ।
अपरेसन थियटरमा पचास घन्टा लगाएर साफा र मार्वा विवीको तीन वटा जटिल शल्यक्रिया भएको थियो ।

तिनीहरुका आमा जाइनाव विवीले आफ्ना छोरीहरुलाई स्वस्थ हालतमा घर लान पाएकोमा खुशी लागेको कुरा वीवीसीलाई बताएकीछन् । उनी भन्छिन् , ‘ दुवै बालिकाको शारिरीक र मानसिक अवस्था निकै राम्रो छ । तिनीहरुलाई अलिकति सहयोगको मात्र जरुरी छ । भगवानको कृपाले तिनीहरु अब चाँडै हिंडछन् पनि होला । शरिर जोडिएर जन्मने शिशुहरु निकै कमै हुन्छन् । यसरी जन्मिने बिस जोडि मध्ये पनि एकको मात्र टाउको जोडिएका हुन्छन् ।

यस्ता जुम्ल्याहालाई क्रानिओपागस भनिन्छ ।यस्ता अधिकांश जोडि बाल्यकालमै मर्ने गर्छन् । सन् २०१९ को फेब्रुअरीमा टाउको छुट्याइए यता तिनीहरु लन्डनमा आफ्ना आमा र मामासंग बस्दै आएका थिए । दस लाख पाउण्ड भन्दा पनि बढि रकम तिनीहरको उपचारमा खर्च भएके थियो । त्यसका लागि चन्दाता अर्थात पाकिस्तानी व्यापारी मुर्ताजा लाखानीले सहयोग गरेका थिए ।

अहिले साढे तीन वर्ष उमेर लागेका तिनीहरुलाई नियमित रुपमा फिजिकल थेरापी गराउँदै आएको छ । तर दुवैको सिकाइ सुस्त रहेको पाइएको छ । जाइनाव विवीले वेलायती चिकित्सक टोलिलाई धन्यवाद दिएकी छिन् । यि जुम्ल्यहालाई पाकिस्तानमा रहेका आफ्ना अन्य सातजना सन्तानले सहयोग गर्ने बताएकीछन् ।

प्रतिक्रिया दिनुहोस्