आइफल टावरमा दुई मुस्लिम महिलामाथि चक्कु प्रहार



पेरिस (एजेन्सी)

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन विवादका क्रममा पेरिसको आइफल टावरमा दुई मुस्लिम महिला कयौं पटक चक्कु प्रहारबाट घाइते भएका छन् । केही दिन अघि मात्रै कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाउने फ्रान्सका एक शिक्षकको इस्लामिक कट्टरपन्थीद्वारा घाँटी काटेर हत्या गरेका थिए ।

उक्त घटनाका क्रममा छुरा आक्रमणकारीले खराब अरेबियन भनी चिच्याउँदै गाली गरेका थिए । यस बीच फ्रान्सका प्रहरीले दुई महिला संदिग्धलाई उक्त नस्लिय हमलापछि गिरफ्तार गरेका छन् ।प्रहरीले हिरासतमा लिइएका ती महिला गोरा भएको र युरोपेली भएकोे बताइएको छ । पेरिसका अभियोजकले ती महिला विरुद्ध अब हत्या प्रयासको मुद्दा चल्ने छ ।

उक्त हमलामा घाइते भएका महिलाको पहिचान अल्जेरियाली मुलका फ्रान्सेली महिला केन्जा र अमेल भएको बताइएको छ । ६ पटक चक्कु प्रहार भएको र केन्जालाई अस्पतालमा भर्ना गरिएको छ । अमेललाई पनि अस्पताल भर्ना गरिएको र उनको हातको सल्यक्रिया गरिएको छ । उक्त हमलाका बारेमा आधिकारिक सुचना नदिएपछि सामाजिक सन्जालमा ब्यापक बहसको विषय बनेको छ । कयौंले उक्त हमलाको तस्विर पनि सेयर गरेका छन् ।

हमलाको यो घटना आइतबार राती भएको बताइएको छ । पेरिस प्रहरीले एक बयान जारी गरी अक्टोबर १८ राती करिब ८ बजे प्रहरीलाई दुई महिलामाथि चक्कु हमला भएको सुचना प्राप्त भएको जानकारी दिए ।चक्कु प्रहारको उक्त घटनामा हत्या प्रयासको मुद्दा दर्ता भईसकेको पेरिस प्रहरीको सुत्रले बताए । आक्रमणको सिकार भएकी एक महिलाले आफ्नो अनुहार छोपेकी थिइन् ।

केन्जाले आफुहरु तहल्न गएको बताएकी छन् । आइफल टावर नजिकै अलि अँध्यारो बगैचा रहेको र आफुहरु त्यहीँ घुम्न गएको उनले बताइन् ।

कुकुरको भुकाइलाई लिएर विवाद सुरु

केन्जाले भनिन् – जब हामी घुमिरहेका थियौं, त्यही बेला दुई कुकुर हाम्रो नजिक आए । यसले हाम्रा बच्चा डराए । मेरी नातेदारले बुर्का लगाएकी थिइन् । उनले कुकुरसँग आएका दुई महिलासँग बच्चा डराएको र त्यहाँबाट कुकुर लगिदिन अनुरोध गरिन् ।

तर कुकरका मालिकले त्यहाँ बाट जान अस्विकार गरिन् । दुईबीच चर्को बहस भयो । त्यसपछि कुकुरसँग आएकी महिलाले चक्कुन निकालेर केन्जार अमेलमाथि हमला गरिन् ।

प्रतिक्रिया दिनुहोस्