कोरोना विरुद्ध ब्राजिलले चिनिया खोप प्रयोग गर्ने



रिया दि जेनेरो,(एजेन्सी)

ब्राजिलियन सरकारले राष्ट्रिय खोप कार्यक्रममा चीनमा निर्मित कोरोनाा भाइरस विरुद्धको खोप पनि प्योग गर्ने निर्णय गरेको सरकारी अधिकारीहरुले बुधवार जनाएका छन् । साओ पाउलोका गवर्नर हावो डोरियाले संघिय सरकारले ४ करोड ६० लाख अमेरिकी मुल्य वरावरको चिनिया खोप कोरोना भ्याक. खरिद गने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले चाँडोमा सन् २०२१ को जनवरीमा खोप कार्यक्रम थालिन सक्ने बताएका छन् । कोभिड १९ विरुद्ध गरिन लागेको पहिलो कार्यक्रम हो । महामारीबाट सबैभन्दा नराम्ररी ग्रसित मुलुक मध्ये ब्राजिल पनि एक हो । त्यहाँ झण्डे ५३ लाख मानिस संक्रमित पुष्टि भएको छ । विश्वमै अमेरिका र भारत पछि बा्रजिल सबैभन्दा बढि भाइरस संक्रमित भएको मुलुक हो ।

जोहन्स होप्कििन्स युनिभर्सिटीद्वारा संकलित तथ्याँक अनुसार ब्राजिलमा कोरोना भाइरसको कारण करिव १ लाख ५५ हजार व्यक्तिको जयान गइसकेको छ । चिनिया औषधि निर्माण कम्पनी साइनोभ्याक बायोटेकले कोरोना भ्याक खोप विकास गरेको हो । यसंगरी ब्राजिलले इंगल्यान्डको अक्सफोर्ड युनिभर्सिटी र प्रख्यात औषधि निर्माण कम्पनी एस्ट्रा जेनेकाले उत्पादन गरेको कोरोना विरुद्धका खोप पनि प्रयोग गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्