खोपले कोरोना संक्रमण नरोकिने बेलायती वैज्ञानिकको आशंका



लन्डन, (एजेन्सी) ।

विश्वभरि करिब १ सय ५० कोरोना भाइरस खोपमा काम भइरहेको छ तर बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक वालेसले खोपले नै कोरोनालाई रोक्न नसक्ने बताएका छन्।

खोप अर्को वर्षको मार्चअघि हासिल हुन नसक्ने उनले बताए। हालसम्म चिकनफक्स मात्रै त्यस्तो रोग हो, जसलाई निर्मूल गर्न सकेको वालेसले बताए। कोरोना भाइरसको उपचार मौसमी ज्वरोको जस्तो हुन सक्छ। खोप रिसर्च पहिलेको भन्दा धेरै राम्रो भइसकेको तर हाल पनि सबैको पहुँचमा पुग्ने गरी खोप तयार गर्न कठिन हुने उनले बताए। प्याट्रिकले यो जानकारी संसदीय समितिलाई दिएको छ।

संक्रमणलाई पूरै रोक्न सक्ने खोप विकसित हुने सम्भावना कम भएको उनले बताएका छन्। संक्रमण फैलिरहने र यो सामान्य हुँदै जाने सम्भावना धेरै भएको प्याट्रिकले बताए। खोपले संक्रमणको सम्भावना कम हुनेछ र भाइरसका कारण हुने रोगको गम्भीरता र तीव्रतामा पनि कम हुने उनले प्रस्ट पारे। त्यसपछि, यो सामान्य रुघाजस्तै हुनेछ। आगामी केही महिनामा कुनै खोपले सुरक्षा दिन सक्छ वा सक्दैन र सक्छ भने कति समयका लागि भन्ने कुरा स्पष्ट हुने उनले बताए।

धेरैजसो खोपले इम्युन रिस्पोन्स उत्पन्न गर्न सफल भएको तर तेस्रो चरणको परीक्षणपछि यसले इन्फेक्सन रोक्न सक्छ वा सक्दैन थाहा हुने सर प्याट्रिकले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्