अष्ट्रेलियाली क्राउन क्यासिनोमाथि अनुसन्धान



सिडनी, (एजेनसी) ।

अष्ट्रेलियाली क्यासिनो संचालक क्राउन रिसोर्टसले मुद्दा अपचलन र आतंककारी समुहलाई आर्थिक सहयोग गर्न नपाइने नियम कानुन तोडेको आशंकामा आफु विरुद्ध अनुसन्धान भइरहेको तथ्य सोमवार सार्वजनिक गरेको छ । कम्पनीले अष्ट्रेलियाली स्टक एक्सचेन्जलाई आफुसंग मुलुकको आर्थिक अपराध नियमन निकायले सम्पर्क रोखेको जनाएको छ ।

क्राउन क्यासिनो मेलवर्न र पर्थमा संचालित छन् । यसको अर्को शाखा संचालनका लागि हाल सिडनीमा भवन निर्माण कार्य भइरहेको छ । यदि अपारध सावित भएको खण्डमा क्राउन क्यासिनेलाई लाखौं अमेरिकी डलर जरिवाना लगायत क्यासिनो संचालन अनुमति समेत खोसिन सक्छ ।

यस अघि नै क्राउन माथि अनुमतिपत्रहरु ल्गायत चीनबाट कसरी त्यतिका धेरै जुवाडी कसरी ल्याइने गरिएको भन्नेबारे अनुसनधान भइरहेको छ । गत वर्ष नँइन इन्टरटेन्मेनट अखवारले मेलवर्न स्थित क्राउन क्यासिनोको टुर अपरेटरहरु एसियाका अपराधिक समुहहरुसंग अवैध सम्बन्ध रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्