उत्तरी साइप्रसको राष्ट्रपतिय निर्वाचन टाटारले जिते



इस्तानवुल, (एजेन्सी) ।

दक्षिणपन्थि राष्ट्रवादी एर्सिन टाटारले टर्की नियन्त्रित उत्तरी साइप्रसमा राष्ट्रपतिय निर्वाचन जितेका छन् । टर्की समर्थित तथा भूमध्यरेखिय टापुलाई दुई राज्यमा विभक्त गरिनु पर्छ भन्ने विचार बोक्ने टाटारले कूल खसेको मतको झण्डै ५२ प्रतिशत मत ल्याउन सफल भएका छन् ।

वर्तमान राष्ट्रपति तथा टाटारका प्रतिद्वन्द्वी मुस्ताफा आकिन्सी टापुको ग्रिक भाग पुनर्एकिकरण गर्न खोजेका थिए । ग्रिसको समसर्थनमा सैनिक विद्रोह भएपछि टर्कीले उत्तरी भागमा आक्रमण गरेयता सन् १९७४ देखि साइप्रस विभाजत रहेको छ ।

टापु राष्ट्र साइप्रसको उत्तरी तीन भभाग टर्किस सिप्रियट सरकार र दक्षिणी दुई तिहाइ भाग ग्रिक सिप्रियटहरुको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मानयता प्राप्त सरकारले शासन चलाईरहेका छन् । करिव ३ लाख जनसंख्या भएको स्वघोषित टर्किस रिपब्लिक अफ नर्दन साइप्रस ( टिआरएनसि ) लाई टर्कीले मात्रै स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ । बाँकी विश्वले यसलाई साइप्रसकै भूभागको रुपमा हेर्ने गरेको छ ।

चुनावी अभियानमा टाटारलाई सहयोग र समर्थन गरेका तुर्केली राष्ट्रपति तायिप एर्दोगानले उनलाई चुनाव जितेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । तर निकोसिया स्थित सिप्रियट सरकारले यस चुनावी नतिजाबारे कुनै प्रतिक्रिया दिएको छैन । तर त्यहाँका विपषी राजनीतिक पार्टीहरुले भने टाटारको सफलता प्ति दुख व्यक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्