भियनामा रहेकी नेपाली महिलाले गरिन् आफ्नै ३ सन्तानको हत्या



भियना,(एजेन्सी) ।

अस्ट्रियाको राजधानी भियनामा एक ३१ वर्षीया नेपाली महिलाले आफ्ना नौ र तीन वर्षीय तथा आठ महिने काखे बालकको हत्या गरेको अष्ट्रियाका प्रहरीले जनाएको छ ।

स्थानिय संचार माध्यमका अनुसार आफ्ना तीनै सन्तानको हत्या पछि उनी आफैले शनिवार बिहान प्रहरी लाई फोन गरेर घटनाको जानकारी दिएकी थिइन् । प्रहरी उनी बसेको अपार्टमेन्टमा पुग्दा तीन वर्षीय बालिका र आठ महिने बालकको ज्यान गइसकेको थियो । प्हरीले ति महिलालाई पनि हल्का चोट लागेको अवस्थामा फेला पारेको बताएका छन्  ।

तर नौ वर्षीय बालिकालाई बचाउन सकिने आशामा प्रहरी उनलाई तत्कालै अस्पताल पुर्‍याएको थियो । अन्त्यमा चिकित्सकहरुले उक्त बालिकालाई पनि बचाउन सकेनन् । शुरुमा नाम नखुलाइएकी ति नेपाली महिलाले भियना स्थित प्रहरीको आपतकालिन नम्वरमा फोन गरेर आफुले आत्महत्या गर्न खोजेको बताएको च्यानल टेलिभिजनले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ति बच्चाको निस्साएिर मृत्यु भएको हुनुपर्ने अनुमान गरेका छन् ।

स्थानिय समय अनुसा विहान ५ बजेर २० मिनेटमा डोनाउस्टाड्ट जिल्लाको उपनगरमा रहेको घटनास्थलमा पुगेका प्रहरीले तीन वर्षीय बालिका र आठ महिने बालक लाई एउटा कोठामा मृत भेटेको थिए भने नौ वर्षीय बालिका लाई अर्को कोठामा फेला पारेका थिए । तीन सन्तानको हत्या गरेर आफु पनि आत्महत्या गर्ने सोच उक्त महिलाको रहेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सोधपुछको क्रममा महिलाले आफ्ना सन्तानको घमम्टी थिचेर हत्या गरेको सहर्ष स्वीकारेकी थिइन् । प्रहरी अनुसन्धानमा रहेको यस घटना विवाह र पारिवारिक कहलका कारण यस घटना घटेको भन्ने प्रहरीको आशंका गरेका छन् । तीन कलिला सन्तान लाई घांटी थिचेर मारेको स्थानीय अखबारहरुले पुष्टि गरेका छन् ।

ति महिलाको पतिसंग केही समय देखि आपसी मनमुटाव रहेको र दुई साता अघि तिनीहरुबीच ठुलो झगडा भए यता उक्त महिलाका ४४ वर्षीय नेपाली श्रीमानलाई उनको घर वरपर आउन समेत रोक लगाइएको बुझिएको छ ।

एक अपुष्ट समाचार सुत्र अनुसार ति महिलाको भियनास्थित नेपाली महिला अधिकारकर्मीहरुसंग निकट सम्बन्ध र सम्पर्कमा रहेको छ । तिनै महिला अधिकारकर्मीहरुले घरेलु समस्यालाई लिएर सम्बन्धित निकायमा जाने सुझाव दिनुको सट्टा गलत सुझाव दिने गरेको समेत सुन्नमा आएको छ । एनआरएन वोमन फोरमको नाममा खोलिएको एक फेसबुक ग्रुपमा यस घटनालाई लिएर महिलाहरुले विचारोत्तेजक अभिव्यक्ति दिएका छन् ।

स्मरण रहोस उक्त फेसबुक ग्रुपमा उक्त महिलाले आफ्ना समस्याबारे केही समय अगाडी लेखेकी थिइन । त्यसपछि विभिन्न महिला अधिकारकर्मीहरुले उनलाई प्रत्यक्ष भेटेको र उनलाई आफ्नै किसिमका सुझावहरु समेत दिएको भन्ने सुन्नमा आएको छ । तर उनले आफ्ना सन्तानको हत्या गरेको खबर बाहिर आए पछि एनआरएन महिला फोरमको नाममा खोलिएको उक्त ग्रुपमा केही महिलाहरुले यस घटनासंग सरोकार नै नभएको व्यक्तिहरुलाई समेत हत्याको दोष लगाउने काम गरेका छन् । भियना प्रहरीले यस सम्बन्धमा पनि छिट्टै नै अनुसन्धान गर्ने अनुमान गरिएको छ ।

भियना प्रहरीले यसबारे नेपाली राजदुतावास बाहेक अन्य कुनै नेपाली संघ संस्था वा व्यक्ति लाई आधिकारिक जानकारी दिएको छैन । भियना स्थित नेपाली राजदुतावास भियना प्रहरी संग सम्पर्कमा रहेको जानकारी नेपाली राजदुतावासले आफ्नो फेसबुक मार्फत दिएको छ ।

अष्ट्रियाका लागि नेपालका राजदुत प्रकास कुमार सुवेदीले नेपाली नागरिकसंग जोडिएको दुखद खवर पाएको पुष्टि गरेका छन् । सुवेदीले भनेका छन् , ‘ घटना सम्बन्धी थप जानकारी हासिल गर्न हामीले स्थानिय निकायसंग सम्पर्क कायम गरिसकेका छौं ।

प्रतिक्रिया दिनुहोस्