न्युजिल्यान्डका प्रम आर्डनले अत्यधिक बहुमतले चुनाव जितन्



अकल्यान्ड,(एजेन्सी)

न्युजिल्यान्डको आम निर्वाचनमा अत्यधिक बहुमतले विजय हासिल गरेकी प्रधानमन्त्री जासिन्दा आर्डनको दाश्रो कार्यकालले निरन्तरता पाउने भएको छ । सम्पूर्ण मतगणना सकिसक्दा आर्डनको मध्य – वामपन्थि लेवर पार्टीले कुल खसेको मतको ४९ दशमलव १ प्रतिशत सहित संसदको ६४ सिट जित्न सफल भएके आइतवार निर्वाचन आयोगले जनाएको छ ।

यस पार्टीले संसदमा स्पष्ट बहुमत ल्याउन सफल भएको छ । सन् १९९६ मा मिक्स्ड मेम्वर प्रपोर्सनल ( एमएमपि) प्रतिनिधित्व रहने गरी संसदिय प्रणाली लागु गरिए यता न्युजिल्यान्डमा कुनै पनि पार्टीले चुनावमा स्पष्ट बहुमत ल्याउन सकेको छैन । विपक्षी मध्य – दक्षिणपन्थि नेसनल पार्टीले २६ दशमलव ८ प्रतिशत मत सहित शनिवार सम्वपन्न यस चुनावमा ३५ सिट जितेको छ ।

संसदको कूल सिट संखया १ सय २० रहेको छ । ३ अक्टोर देखि नै मतदान खुल्ला गरिएकोमा यस अघि अर्थात शनिवारको चुनाव नै १० लाख भन्दा बढिले मत खसालेका थिए । यसैगरी एसिटि न्युजिल्यान्डले ८ प्रतिशत मत सहित १० सिट , ग्रिन्सले ७ दशमलव ६ प्रतिशत मत सहित १० सिट र माओरी पार्टीले १ प्तिशत मत सहित १ सिट जितेकाछन् भने अन्य पार्टीहरुले कूल ७ दशमलव ७ प्रतिशत मत बाँडेर लिएपनि कुनै सिट जित्न नसकेको निर्वाचन आयोगले जनाएको छ ।

चलिस वर्षिया आर्डनले झण्डै पचास वर्षको इतिहासमै न्युजिल्यान्डवासीले लेवर पार्टीलाई दिएको अपार समर्थनका लागि धन्यवाद दिँदै यो समर्थन खेर नजाने वचन दिएकीछन् । पुर्वं निर्धारित कार्यक्रम अनुसार गत सेप्टेम्वरमै हुनुपर्ने यो चुनाव कोभिड १९ महामारीका कारण एक महिना पछि सारिएको हो ।

यसअघि मत सर्भेक्षण परिणमा अनुसार प्रधानमन्त्री जासिन्दा आर्डनले दोश्रो कार्यकालका लागि चुनाव जित्ने निश्चितै रहेको देखाएको थियो । कोरोना भाइरस महामारी नियनत्रणका लाागि उल्लेखनिय योगदान दिएका कारण पनि उनलाई चुनावी सफलता मिलेको हुनुपर्ने आर्डन स्वयमको पनि ठम्याइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्