अमेरिकामा सत्तरी वर्षपछि पहिलो मृत्युदण्ड



वासिंगटन,(एजेन्सी)

अमेरिकी न्याय विभागका अनुसार झण्डै सत्तरी वर्षपछि पहलो पटक एक महिला संघिय कैदीलाई मृत्युदण्ड दिइन लागेको छ । मृत्युदण्ड पाउने लिसा मोन्टगोमरीलाई सन् २००४ मा एउटा गर्भवती महिलाको घाँटी थिचेर हत्या गरिसेकपछि उनको शरिर काटेर गर्भाशयमा रहेका शिशु चोरेको अभियोगमा दोषि ठहराइएको हो ।

उनलाई आगामी ८ डिसेम्वरमा इन्डियानामा विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइने भएको छ । सबैभन्दा पछिल्लो समयमा यसअघि अमेरिकी सरकारले सन् १९५३ मा मिसोरीमा बोन्नी हेडी नामक महिलालाई ग्यास च्याम्वरमा राखेर मृत्युदण्ड दिएको मृतयुदण्ड सुचना केन्द्रले जनाएको छ ।

सन् १९९९ मा दुईजना धर्माधिकारीलाई आफ्ना सहयोगीहरुसंग मिलेर हत्या गरेको अभियोगमा दोषि ठहराइएका ब्रान्डन बर्नाडलाई पनि आगामी डिसेम्वरमै मृत्युदण्ड दिइन लागेको बताइएको छ । अमेरिकी महान्यायाधिवक्ताले तिनीहरुका अपराध जघन्य भएको प्रतिक्रिया दिएका छन् । गत वर्ष ट्रम्प सरकारले संघिय मृत्युदण्डको व्यवस्था पुन शुरु गर्ने जनाएको थियो । सन् २००४ को डिसेम्वरमा मोन्टगोमरी कान्सासबाट मिसोर स्थित बोब्बी जो स्टिन्टेटका ेघरमा कुकुरको छाउरा किन्ने उद्देशयले पुगेकी थिइन् ।

न्याय विभागबाट जारी गरिएको प्रेस विज्ञप्तिका अनुसार त्यसपछि अचानक उनले बोब्बीको घाँटी थिचेर हत्या गरेपछि तरकारी काट्ने छुराले उनको पेट चिरेर बच्चा निकालेको र त्यसलाई आफ्नै बच्चा जस्तै मजाले बोकेर हिंडेकी थिइन् । उनलाई सन् २००७ मा अदालतमा सर्वसम्मतले मृतयुदण्ड सुनाएको थियो । अमेरिकाका धेरै जसो राज्यमा गम्भीर प्कृतिका अपराधिलाइृ मृत्युदण्ड दिइने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्