चीनमा ८ हजार वर्ष पुराना सभ्यताको प्रमाण भेटियो



वेइजिंग (एजेन्सी)।

पुरातत्वविदहरुले चीनको सिझियांगमा ८ हजार बर्ष पुरानो मानव बस्ती सहितको सभ्यता पत्ता लागेको छ । युआओ शहरको जिंगटुसनमा एक कारखाना निर्माणका क्रममा यो खोज गरिएको थियो ।

यसअघि यहाँँको हेमुडु संस्कृति ७ हजार बर्ष पुरानो हुनु पर्ने ठानिएको थियो तर पछिल्लो खोजबाट उक्त साइट ७ हजार ३ सय देखि ८ हजार ३ सय बर्ष पुरानो हुन सक्ने संकेत प्राप्त भएको बताइएको छ । बर्षौंसम्मको अनुसन्धानपछि पुरातत्वविदहरु जमिनको ५ देखि १० मिटर तल ८ हजार बर्ग मिटरमा उक्त क्षेत्र फैलिएको नतिजमा पुगेका थिए ।

उत्खननका क्रममा माटाका भाँडा, हतियार, हाड, दाउरा र जनावरहरुको अवशेष फेला परेको थियो । उक्त टोलीका प्रोफेसर सुन गुओपिंगले त्यहाँबाट प्राप्त बस्तुहरुको अध्ययनबाट उक्त इलाकामा ५ सय बर्षसम्म बसोबास रहेको अनुमान गर्न सकिने बताए । यसअघि हेडडुले दक्षिण पुर्व चीनमा ठुलो भुमिका निभाएको हुन सक्ने अनुमान थियो । किनभने यो यांगजे नदी नजिकै पत्ता लागेको थियो र उक्त नदी र पित सागरले नै चिनिया सभ्यता विकास भएको थियो ।

जिंगटुसनका बारेमा प्राप्त प्रमाणले त्यहाँका मानिसले बनाउने सामान र उनीहरुको बसाईको शैली हेमडुको भन्दा धेरै फरक पाइयो । साथै यसबाट अझ पुरानो समयका बारेमा जानकारी पाउने अवसर प्राप्त भयो । सबैभन्दा महत्वपुण पक्ष भनेको यसको मद्दतले विगत १० हजार बर्षमा यहाँ जलवायु परिवर्तनको कस्तो असर रह्यो भन्ने पत्ता लगाउन सकिने विज्ञहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्