सैनिक हेलिकोप्टर एक आपसमा ठोक्किए



काबुल, (एजेन्सी)
अफगानिस्तानको दक्षिणी हेल्मान्द प्रान्तमा घाइते सेना सवार दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको ज्यान गएको सैनिक सूत्रले जनाएको छ। मृत्यु हुनेमध्ये केही कुशल प्रशिक्षित एयर र्फो मिसनका सदस्य पनि रहेको बताइएको छ।
नावा जिल्लामा बुधबार सबेरै भएको उक्त दुर्घटनाको कारण प्राविधिक त्रुटि हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ। केही दिनयता सो क्षेत्रमा तालिवान लडाकू समूह र अमेरिकी हवाई हमलाको सहयोग प्राप्त अफगान सरकारी फौजबीच भिडन्त हुँदै आएको छ।
तालिवान लडाकूलाई आफूले पहिल्यै नियन्त्रणमा लिइसकेको जिल्लाको लस्कर गह शहरको सिमानामा संघर्षरत रहेका छन्। सुरक्षित स्थानमा शरण लिनका लागि सर्वसाधारण परिवार र बालबालिकासहित उक्त शहर छाड्दै छन्।
अन्तर्राष्ट्रिय दातृ समूहका अनुसार खुला स्थानमा रात बिताउन बाध्य तिनीहरूको स्थिति निकै दयनीय रहेको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय निकायले ३५ हजार बढी हेल्मान्दवासी विस्थापित भइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्