ट्रम्पका छोरा बेरनमा पनि कोरोना पोजिटिभ भएको खुलासा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले उनका १४ वर्षीय छोरा बेरनमा पनि कोरोना पोजिटिभ देखिएको जानकारी दिएकी छन्। हाल उनको रिपोर्ट नेगेटिभ आइसकेको छ।
ह्वाइट हाउसका तर्फबाट शुरूमा दिइएको जानकारीमा बेरनको रिपोर्ट नेगेटिभ भएको बताइएको थियो। यसै महिनाको शुरुआतमा बेरनका पिता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आमा मेलानिया ट्रम्पमा कोरोना पोजिटिभ देखिएको थियो। बेरनमा पनि कोरोना लक्षण थियो। यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको उनले बताएकी थिइन्।
मेलानिया र राष्ट्रपति ट्रम्पको अक्टोबर १ मा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि, मेलानियाले लेखेकी छन्– ‘स्वाभाविकरूपमा मेरो मनमा तत्काल मेरो छोराका लागि चिन्ता भयो।’
परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई राहत मिलेको थियो। यद्यपि, उनी आउने दिनलाई लिएर चिन्तित थिइन्। सामाजिक सञ्जालमा एक भावुक पत्र लेख्दै उनले भनेकी थिइन्– ‘मेरो डर त्यतिबेला सत्य प्रमाणित भयो जब उनको फेरि परीक्षण भयो र पोजिटिभ निस्क्यिो।’
बेरन एक साहसी केटा हो, जसमा कोरोनासँग सम्बन्धित सबै लक्षण देखिएको थिएन। मेलानियाले भनिन्– ‘यसबीच हामी तीनैजना खुसी महसुस गरिरहेका थियौं, किनभने त्यतिबेला हामी सबै एक अर्कोको ध्यान राखिरहेका थियौं। यो मात्र होइन कि, हामीले एक अर्कासँग समय पनि बितायौं।’
त्यसपछि, उनको छोराको रिपोर्ट नेगेटिभ आएको उनले बताइन्। प्रथम महिलाले आफ्नो छोरासँग सम्बन्धित रिपोर्टलाई गोप्य राखेकी छन्। यी सबै घटनाका बाबजुद मेलानियाले बेरनको पोजिटिभ रिपोर्ट पहिले नै उनले किन सार्वजनिक नगरेको भन्ने विषयमा स्पष्ट गरेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्