कोरोना संक्रमणले बहिरोपनाको समस्या



लन्डन, (एजेन्सी)
कोरोना भाइरस संक्रमणका कारण केही बिरामीमा स्थायीरूपमा अचानक बहिरोपनाको समस्या उत्पन्न भइरहेको छ। बेलायतमा यस सम्बन्धमा गरिएको एक अध्ययनमा उल्लेख गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण बहिरो हुनेको संख्या भने अत्यन्त कम छ।
बेलायतस्थित युनिभर्सिटी कलेज लन्डनका विशेषज्ञ वैज्ञानिकले यस संक्रमणका कारण बहिरोपनाको समस्या उत्पन्न हुनुलाई लिएर जागरुकता अत्यन्त आवश्यक रहेको बताएका छन्। स्टेरोयडका माध्यमबाट यो समस्या हटाउन सकिन्छ। यसको कारण स्पष्ट छैन। तर, फ्लुजस्ता भाइरल संक्रमणपछि पनि यस प्रकारको समस्या हुने गर्छ।
बिएमजे केस रिपोर्ट्स पत्रिकामा प्रकाशित अनुसन्धानमा ४५ वर्षीय एक अस्वस्थ बिरामीको अवस्था उल्लेख गरिएको छ। कोरोना भाइरसबाट गम्भीररूपमा संक्रमित भएपछि अचानक उनको श्रवण क्षमता नष्ट भएको थियो। उनलाई संक्रमणपूर्व श्रवणसम्बन्धी कुनै समस्या थिएन।
ती व्यक्तिलाई स्टेरोयडको औषधि तथा खोप लगाइएको थियो, त्यसपछि उनको श्रवण क्षमता आंशिकरूपमा फर्केको छ। अनुसन्धानकर्ताले एक अध्ययनमा भनेका छन्– ‘ठूलो संख्यामा संक्रमित हुनुमा बहिरोपनाको समस्यालाई लिएर अनुसन्धानको आवश्यक छ, ताकि यो समस्या पत्ता लगाइ त्यसको उपचार गर्नु पर्नेछ।’

प्रतिक्रिया दिनुहोस्