कोरोना संक्रमणले बहिरोपनाको समस्या हुने खुलासा



लन्डन (एजेन्सी) ।

कोरोना भाइरस संक्रमणका कारण केही विरामीमा स्थायी रुपमा अचानक बहिरोपनाको समस्या उत्पन्न भइरहेको छ । बेलायतमा यस सम्बन्धमा गरिएको एक अध्ययनमा उल्लेख गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण बहिरो हुनेको संख्या भने अत्यन्त कम छ ।

बेलायतमा युनिभर्सिटी कलेज लन्डनका विशेषज्ञ सहित वैज्ञानिकहरुका अनुसार यस संक्रमणका कारण बहिरोपनको समस्या उत्पन्न हुनुलाई लिएर जागरुकता अत्यन्त आवश्यक छ । स्टेरायडका माध्यम उचित उपचारबाट यो समस्या हटाउन सकिनेछ । यसको कारण स्पष्ट छैन तर फ्लु जस्ता भाइरल संक्रमणपछि पनि यस प्रकारको समस्या हुने गर्छ ।

बीएमजे केस रिपोर्ट्स पत्रिकामा प्रकासित अनुसन्धानमा ४५ बर्षिय एक अस्थमाका विरामीको उल्लेख गरिएकोछ । कोरोना भाइरसबाट गम्भिर रुपमा संक्रमित भएपछि अचानक उनको श्रवण क्षमता नष्ट भएको हो । उनलाई संक्रमण पुर्व श्रवण सम्बन्धी कुनै समस्या थिएन ।

ती ब्यक्तीलाई स्टेरोयडको औषधी तथा खोप लगाइएको थियो, त्यसपछि उनको श्रवण क्षमता आंशिक रुपमा फर्केको छ । अनुसंन्धानकर्ताले एक अध्ययनमा भने – ‘ठुलो संख्यामा संक्रमित हुनुका कारण बहिरोपनाको समस्यालाई लिएर अनुसन्धानको आवश्यक छ, ताकी यो समस्या पत्तालगाई त्यसको उपचार गर्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्