ट्रम्पका छोरा बेरनलाई कोरोना संक्रमण



वासिंगटन (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले उनका १४ बर्षिय छोरा बेरनमा पनि कोरोना पोजिटिव देखिएको जानकारी दिएकी छन् । हाल उनको रिपोर्ट नेगेटिव आइसकेको छ ।

ह्वाइट हाउसका तर्फबाट सुरुमा दिइएको जानकारीमा बेरनको रिपोर्ट नेगेटिव भएको बताइएको थियो । यसै महिनाको सुरुवाटमा बेरनका पिता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आमा मेलानिया ट्रम्पमा कोरोना पोजिटिव देखिएको थियो । प्रथम महिलाले बुधबार बेरनले पनि कोरोना लक्षण थियो । यद्यपी उनको रिपोर्ट नेगेटिव आएको उनले बताएकी थिइन् ।

मेलानिया र राष्ट्रपति ट्रम्प अक्टोबर १ मा कोरोना पोजिटिव आएको थियो । त्यसपछि मेलानियाले लेखेकी छन् – स्वाभाविक रुपमा मेरो मनमा तत्काल मेरो छोराका लागि चिन्ता भयो ।

परीक्षनमा उनको रिपोर्ट नेगेटिव आएपछि उनलाई राहत मिलेको थियो । यद्यपी उनी आउने दिनहरुलाई लिएर सोचमा परेकी थिइन् । सामाजिक सन्जालमा एक भावुक पत्र लेख्दै उनले भनेकी थिइन् – मेरो डर त्यतिबेला सत्य प्रमाणित भयो जब उनको फेरी परीक्षण भयो र पोजिटिव निस्क्यो ।

बेरन एक साहसी केटा हो, जसमा कोरोनासँग सम्बन्धित सबै लक्षण देखिएको थिएन । मेलानियाले भनिन् – यसबीच हामी तीनैजना खुसी महसुस गरिरहेका थियौं, किनभने त्यतिबेला हामी सबै एक अर्कोको ध्यान राखिरहेका थियौं । यो मात्र होइन, हामीले एक अर्कासँग समय पनि बितायौं ।

त्यसपछि उनको छोराको रिपोर्ट नेगेटिव आएको उनले बताइन् । प्रथम महिलाले आफनो छोरासँग सम्बन्धित रिपोर्टलाई गोप्य राखे । यी सबै घटनाका बावजुद मेलानियाले बेरनको पोजिटिव रिपोर्ट पहिले नै उनले किन सार्वजनिक नगरेको भन्ने विषयमा स्पष्ट गरेकी छैन ।

प्रतिक्रिया दिनुहोस्