थाइल्यान्डमा संकटकाल घोषणा



बैंकक, (एजेन्सी) । 

थाइ सरकारले विहिवार राजधानी बैंककमा सरकार विरुद्ध हुँदै आएका विशाल जन प्रदर्शन रोक्न तथा ठूलो संख्यामा अन्य कुनै पनि सार्वजनिक स्थलमा हुने भेला माथि प्रतिवन्ध लगाउन संकटकाल घोषणा गरेको छ ।

प्रहरीले सरकारी टेलिभिजन मार्फत सो घोषणा प्रसारण गर्ने क्रममा शान्ति सुरक्षाको व्यवस्था गर्न तत्काल उपायहरु अपनाउनु पर्ने आवश्यकता आइपरेको बताएका छन् ।

विहिवार विहान सवेरै प्रहरी तीनजना प्रमुख प्रदर्शनकारी नेता लगायत अन्य थुप्रै कार्यकर्ता पक्राउ गरेका छन् । बिद्यार्थीहको नतेृत्वमा भइरहेको यस विरोध प्रदर्शनको माग प्रधानमन्त्रीको राजिनामा र थाइ नरेशका अधिकार कटौति रहेका छन् । स्थानिय समय अनुसार विहिवार विहान ४ बजेदेखि संकटकाल लागु भएको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्