बंगलादेशमा बलात्कारविरुद्ध मृत्युदण्डको व्यवस्था



ढाका, (एजेन्सी)

बंगलादेश सरकारले बलात्कारीविरुद्ध मृत्युदण्डको व्यवस्था गर्न लागेको छ। मुलुकमा महिलाविरुद्ध हुने गरेका यौन हिंसाविरुद्ध लामो समयदेखि भइरहको विरोध प्रदर्शनपछि सरकार यो कदम चाल्ने निर्णयमा पुगेको हो।

कानुनमन्त्री अनिसुल हकले राष्ट्रपतिले मंगलबार एउटा विशेष आदेश जारी गर्दै यसलाई कानुनी मान्यता दिने जानकारी दिएका छन्।

गत साता एकजना ३७ वर्षीया महिलामाथि निर्मम ढंगले भएको सामूहिक बलात्कारको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि बंगलादेशभरि आक्रोशको लहर फैलिएको थियो।

मानव अधिकारवादी अभियन्ताका अनुसार अधिकांश महिलाले बलात्कारको घटना सार्वजनिक भएपछि समाजमा बदनाम हुने भएकाले घटनालाई गुपचुपै राख्ने गरेको दाबी गर्छन्। यस्तो घटना प्रहरीमा उजुरी गर्नेको संख्या निकै न्यून रहेको छ।

पछिल्लो जनप्रदर्शनले बलात्कारी अन्य प्रकारका यौन हिंसा गर्नेविरुद्ध छिटो र कडा कानुनी कारबाहीको व्यवस्थाका लागि आवाज उठाएका हुन्।

बंगलादेशको राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानबाट भाइरल भिडियोमा देखिएकी ती महिलालाई दक्षिणपूर्वी नोखालिम जिल्लामा लामो समयदेखि डर धम्की देखाइ पटक–पटक बलात्कार हुँदै आएको रहस्य पत्ता लगाएको छ। उक्त काण्डमा आठजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्