भरतमुनिको नाट्यशास्त्र पुनः प्रकाशित



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट महत्त्वपूर्ण ग्रन्थ ‘भरतमुनिको नाट्यशास्त्र’को दोस्रो संस्करण प्रकाशित भएको छ ।

प्रा. गोविन्दप्रसाद भट्टराईद्वारा भरतनाट्यम्बाट नेपाली भाषामा अनूदित तथा सम्पादित ‘भरतमुनिको नाट्यशास्त्र’ प्रथम संस्करण प्रकाशित भएकोे ४१ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको हो । उक्त ग्रन्थको प्रथम संस्करण २०३६ सालमा प्रकाशित भएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापनाकालदेखि प्रकाशित हुँदै आएका तर हाल दुर्लभ रहेका महत्त्वपूर्ण ग्रन्थहरू आवश्यकता र औचित्यका आधार पुनः प्रकाशन गर्दै जाने नीतिअनुसार ‘भरतमुनिको नाट्यशास्त्र’ पुनः प्रकाशन गरिएको हो । यो ग्रन्थ नाट्यसाहित्यका स्रष्टा र द्रष्टाहरूका लागि लाभदायी हुने अपेक्षा प्रज्ञा–प्रतिष्ठानको रहेको छ ।

६३० पृष्ठको ‘भरतमुनिको नाट्यशास्त्र’को मूल्य ७१० रुपैयाँ रहेको छ । उक्त पुस्तक प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्