डा. गोबिन्द केसीमाथि गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघको माग


न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीमाथि प्रहरीबाट भइरहेको गैरमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।संघले आफ्ना आजीवन सदस्य डा. गोविन्द के.सी.लाई आफू बसेको स्थानबाट बाहिर जान, हिडडूल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरूसँग सम्पर्क गर्न नदिने अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य भइरहेको जनाएको छ। केसी साउन ११ गतेदेखि जुम्लामा छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।