झापामा गोली चल्दा एक जनाको मृत्यु, दुइ प्रहरी घाइते


न्युज अफ नेपाल,भद्रपुर ।

झापा गाउँपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जनाको मृत्यु भएको भने दुई प्रहरी घाइते भएका छन् । प्रतिकारमा प्रहरीले हवाई फायर गर्दा गोली लागेर झापा गाउँपालिका ३ का घाइते एक स्थानीयको मृत्यु भएको प्रहरी कार्यालय झापाले जाानकारी दिएको छ ।

घट्ना विवरण अनुसार बुधवार दिउँसो ३ बजेको समयमा साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गाईको बाछो काट्दै गरेको प्रहरीलाई खबर आएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट बाछोको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।